उदयपुरमा टिपर दुर्घटना, २ को मृत्यु, एकजना गम्भिर घाइते

उदयपुर । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा मंगलबार विहान १० बजेको समयमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा‍ ४ ख ५६७१ नम्बरको टिपर साइड दिने क्रममा आफै अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसी दुर्घटना हुँदा टिपरमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाखाटोल बस्ने अन्दाजी ४५ वर्षिय नर बहादुर मगर, सोही ठाउँ बस्ने ४० वर्षिय मिर्चिङ कान्छा मगर रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

कटारी नगरपालिका ८ पाखाटोल बस्ने ४० वर्षिय चन्द्र बहादुर मगर गम्भिर घाइते भई उपचारको लागि कटारी अस्पताल पठाएको प्रहरीले जनाएको छ । टिपर चालक फरार भएकोले खोज तलास भईरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर