• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

'टोलटोलमा सालिक बनाएर प्रचण्ड’को पूजा गर्ने समय आउँछ'

रामेछाप । नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले दोरम्बा घटना मानवताविरूद्धको अपराध भएको बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा मंगलबार आयोजित कार्यक्रममा पुनले यस्तो बताएका हुन् । 

उनले सो कार्यक्रममा राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा  रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन्।   उनले प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक(पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे। पूर्वराष्ट्रपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्‍याएको बताउने गरेको उनले सुनाए।

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए।  पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरूप विभिन्न पदमा पुगेका मानिसहरूले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने उनले बताएका छन् ।

पुनले दोरम्बा घटना मानवताविरूद्धको अपराध भएकाले संक्रमणकालीन कानून बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे। सरकार(माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर