एमालेबाट मोरङ: १२ सिटमा ९५ जना प्रतिस्पर्धामा

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि मोरङमा नेकपा एमालेले ९५ जनाको नाम सिफारिस गरेको छ ।
मोरङमा प्रदेशसभाका १२ निर्वाचन क्षेत्रको लागि शनिबार प्रदेश क्षेत्र समन्व्य कमिटीले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
मोरङबाट १२ प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ९५ र समानुपातिकतर्फ १३९ जनाको नाम सिफारिस भएको एमाले मोरङले जनाएको छ । प्रतिनिधिसभा उम्मेदवारको भने एमालेले आज सिफारिस गर्दैछ ।
क्षेत्र नं. १ (१) बाट प्रत्यक्षमा ७ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट समानुपातिकमा रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम सिफारिस भएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका कुशल लिम्बू निर्वाचित भएका थिए
क्षेत्र १ (२) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ पूर्व जिविस सभापति खड्गबहादुर बस्नेतसहित तीन जनाको नाम सिफारिस भएको छ । बस्नेतसहित डिल्लीराम शर्मा र बुद्धिमान लिम्बूको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट समानुपातिकमा शान्ति लिम्बूको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा एमालेका उपेन्द्र घिमिरे निर्वाचित भएकोमा उनी एकीकृत समाजवादीमा छन् ।
मोरङ २ (१) मा प्रदेशसभाका लागि ९ जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ । मेघराज कट्टेल, डिबी कार्की, बिष्णु पोखरेल, सुभाष पौडेल, बसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरी पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ सो क्षेत्रबाट १५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा मालती सुब्बा, रुपनारायण मिश्र, सिता भुजेल, चन्द्रकला भण्डारी, खगेन्द्र भण्डारी, नेवालला राजवंशी, जनक खड्का, हसन इमान बक्स, केदार परियार, सावित्रीकुमारी राजवंशी, बिष्णु कँडेल, किशोर विक र नुरसादी वेगामको नाम सिफारिस भएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका सिवनारायण गनगाई निर्वाचित भएका थिए ।
यस्तै क्षेत्र नम्बर २(२) बाट लिलाबल्लभ अधिकारीसहित ९ जनाको नाम सिफारिस भएको छ । अधिकारीसँगै प्रत्यक्षतर्फ सो निर्वाचन क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, दिल्ली दाहाल, इल्जा राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईटेल र गोपाल थापाको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा अधिकारी नै निर्वाचित भएको सो क्षेत्रमा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ ।
मोरङ ३ (१) मा ११ जनाको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ । दिलिप राई, ताराबहादुर काफ्ले, देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्काको नाम सिफारिस भएको छ । यस्तै समानुपातिकमा ९ जनाको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेपाली काँग्रेसका सुयर्माराज राई निर्वाचित भएका थिए ।
क्षेत्र नं. ३ (२) बाट प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट राजकुमार ओझा, ज्ञानेन्द्र सुवेदी, सुजन गौतम, भक्तकिरण राई, सुदन चौहान, राजन अर्याल, संजीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्र बहादुर थापा, किरण कुमार राई, तारादेवी शाक्य र सुजित कुमार बस्नेतको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा ओझाले जितेको सो क्षेत्रमा समानुपातिकमा २० जनाको नाम सिफारिस भएको छ ।
मोरङ ४ (१) बाट ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेको नाम प्रदेशसभाका लागि प्रत्यक्षमा सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका विजय विश्वास विजयी भएको सो क्षेत्रबाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ ।
यस्तै ४ (२) बाट एमाले केन्द्रीय सदस्य जीवन घिमिरेसहित र्इश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम सिफारिस भएको छ । अघिल्ला पटक घिमिरिले जितेको सो क्षेत्रबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस गरिएको छ ।
मोरङ क्षेत्र नम्बर ५ (१) बाट ४ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट हालका सांसद ज्ञानेश्वर राजवंशीसहित सन्तोष साह, राजेन्द्र मण्डल र प्रदिप मण्डलको नाम सिफारिस हुँदा समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ ।
५ (२) बाट हालकी समानुपातिक सांसद बसन्तीदेवि यादवसहित विक्रम तिवारी, मीनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई, रामचन्द्र महतोको नाम सिफारिस भएको छ । यस्तै १४ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा जसपाका जयराम यादव निर्वाचित भएका थिए ।
एमालेले मोरङ ६ (१) बाट स्थायी समिति सदस्य गुरु बरालको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेको छ । बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ । बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको हो । समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको प्रदेश समन्व्य कमिटीले जनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट काँग्रेसका चुमनारायण तबदार निर्वाचित भएका थिए ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र ६ (२) बाट पर्शुराम बस्नेतसहित रमेश पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ यस क्षेत्रबाट १७ जनाको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
प्रतिकृया दिनुहोस