शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा महिलाहरुले अकालमा ज्यान जाँदै

बागलुङ । दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा महिलाहरुले अकालमा ज्यान फाल्नु परेकाे छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकले पनि झण्डै यही अवस्था भाेग्नु परेन ।
यनलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्यापेकाे थियाे नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे पनि निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिनकाे समय लाग्छ ।
आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे गरेपछी क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगेकी भए पनि उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाव दिएकी थिइन् । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच र नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्के ।
आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइयो । विकलाई बिहानदेखिनै गाह्रो भएको र आफन्तले आफुलाई खबर गरेर घरमा पुग्दा उनी निकै छट्पटाइ रहेकी बुढामगरले बताइन् ।
जाँच गर्दा बच्चाको धड्कन नसुनेपछि बुर्तिवाङ अस्पताल लैजान सुझाब दिएकाे उनकाे भनाइ छ । मृत बच्चा जन्मीँदा रगत धेरै बगीसकेकोले स्लाइन पानी दिएर ढोरपाटन ल्याए पछि अहिले उनकाे त्यहीँ उपचार भइरहेको बुढामगरले बताइन् ।
विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरकाे भनाइ छ । दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका बताउँदै उनले अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियोएकाे बताइन् । विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको छ ।
बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउँछन् ।
ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । धेरै नागरिक स्वास्थ्योपचारका लागि नआउने भएकाले र विकले एक पटक जाँच नगराएको कारण बच्चाको ज्यान गएकाे स्वास्थयकर्मीकाे भनाइ छ ।
प्रतिकृया दिनुहोस