कनकाईमा ‘मास लाइट’ जडान

बनियानी  । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो । 

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उहाँले बताउनुभयो । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ । 

“दुई स्थानमा जडान भइसकेको छ”, पोखरेलले  भने, “थप दुई स्थानमा जडान जारी छ ।” सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरिपरि उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ ।

हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीलगायतका आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत टेवा पुग्ने नगरको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने भएको छ । नगरका वित्तीय संस्थाहरूसँगको सहकार्यमा सिसीक्यामेरा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर