• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लत डरलाग्दो रोग हो

विश्वप्रसिद्ध अमेरिकी सिग्रेट कंपनि  ब्रावन एण्ड विल्सनले कैयौं वर्षसम्म चुरोटको असरबारे सार्जनिक गरेन । धुम्रपानका प्रयोगकर्तालाई भ्रममा राखि रह्यो। तर कम्पनीका सल्लाहकार जेफ्री बेल्ने जो अमेरिकाका  धूम्रपान एक्सपर्टको रुपमा चिनिन्छन् उनले  विरोध गरे र  धुम्रपानले व्यक्तिगत मात्र नभएर सार्वजनिक खराब गर्छ भन्ने कुराको वकालत गरे। त्यतिखेर कम्पनी यो विषय स्वीकार गर्न तयार थिएन ।  तर कम्पनीले रहस्य धेरैदिन छोप्न सकेन । त्यसपछि चुरोटको बट्टामा हानिकारक चिन्ह राख्न थालियो । यद्यपि धुम्रपानका  प्रयोगकर्ताहरू घटेनन् ।यसको लत घटेन ।रु किन  िबट्टामा खतराको चिन्ह राख्दा कम्पनीलाई‌ अहिलेसम्म घाटा भएको छैन।

लत धुम्रपानको हो  वा राजनीति  पद प्रतिष्ठाको।  यसको खराबी प्रयोगकर्तालाई थाहा हुन्छ । तर गलतलाई  सत्य देख्नेले आफ्नो लत नै थाहा पाउँदैन   हाम्रो देशको शासन प्रणाली लगभग यस्तै छ। शासनका प्रयोगकर्ताहरुले जब गरिबी, बेरोजगारी, भ्रष्टाचारकाका सूचकहरू बढेको  देखे। अन्तर्राष्ट्रियस्तरमा नेपालको छबि बिग्रिँदै पनि गयो ।  तर पनि लत लाग्नेहरुले आफ्नो बानी छोडेनन्। बिदेशी मतको लत लाग्नेहरू अझै डरलाग्दा हुन्छन् ।

अमेरिकी, चाइनिज, भारतीय, युरोपीय  लत थाहै नपाई लाग्छ र लत लाग्नेलाई लागेको पनि थाहा हुँदैन।  अहिले यो राजनीतिभित्र अझै खतरनाक देखिँदैछ। बिदेशी आँखाले हेर्न थालेपछि देश पनि विदेश जस्तै देखिन्छ। राजनीति र प्रशासनको बिचको सेतुको रुपमा दलाली नशा नशा बनेको छ। उद्योगीहरूको कमाउने लत छ।

कृषिमा मन  कसैको लागेन। अब त काम नगरी खाने लत युवाहरुमा  छ। गाउँ खाली छन्। शहरमा बस्ने  लत लग्यो तर बेरोजगारी थुप्रै छ। तर यसैभित्र राजनीति गर्ने हरुलाई यो बानी नै परिसकेको छ। सन्  २००३सम्म जर्जिया अति भ्रष्ट देश थियो । मिखाइल साकवलि नेतृत्वमा आंउदा भ्रष्टाचार चरम अवस्थामा थियो ।राजनीति ,  कर्मचारीतन्त्रले  व्याक्तिगत स्वार्थ बिना कामै गर्दैनथ्यो ।

उनले पुलिस ,न्यायालय कर्मचारीतन्त्रका सबै पुराना कर्मचारीहरुलाई खारेज गरे। र नयाँ राखे। संख्या घटाए। न्यायलय पुलिस प्रशासनमा जिम्मेबारी थपिदिए। जनसमर्थन छँदैथियो।  प्रशासनतन्त्रमा नयाँपनको लागि पुरानो सरकारभित्रै सुधार गरे। उनको भनाइ थियो एकठाउँमा सुधार गर्दा यसको रोगः अर्को  ठाउँमा सर्छ । र यो कहिल्यै न्यूनीकरण हुँदैन ।

त्यसैले समग्र क्षेत्रमा नै सुधार गर्नुपर्ने जरुरी हुन्छ। त्यसपछि जर्जियामा भ्रष्टाचार न्यूनीकरण नै भयो। देशमा परिवर्तनले एकपटक मौका दिन्छ । हाम्रोमा यस्ता मौका थुप्रै आए।नेपालमा २०४७ सालभन्दा पछि सुधार गर्ने अवसर थियो तर सुधार होइन त्यसैको लतमा नयाँ नेतृत्व लाग्यो।  आज स्वार्थ बिहिन नेतृत्वको अभावले सबै क्षेत्र भ्रस्टाचारमा चुर्लुम्म डुबेको छ। 

बालेन साहको नेतृत्वले राजनीति क्षेत्रमा चुनौती देखिएको छ ।उनले भ्रष्टाचार गर्दिन भन्नु नै अहिले ठूलो साहस हो। सायद इतिहास मै यो अवसरको प्रयोग गर्ने पहिलो व्यक्ति उनै हुनेछन् । यदि उनले लुकेका खराब निर्णयमा सुधार गरे र गलत  गरेनन् भने  यो संघीयताको ठूलो उपलब्धि हुनेछ। यो अवसर दिन सक्ने नेताको खोजी अहिले  सर्वत्र छ। यसैबाट शासनका बिकृति  अन्त्य गर्न सकिन्छ ।खुलेआम अनियमितता गर्दा राजनीति आँखाले हेर्ने लत लागेकाहरु अहिले पनि आफ्नो बानी सुधार्न तयार छैनन्। यस्तै नेतृत्व प्रशासन र राजनीति उच्च तहमा हुने हो भने लतलागेकाहरूको नामेट हुनेथ्यो ।तर बिदेशी लत लागेकाहरुले यो अवसर देलान् ररु आउने समय चुनौतीपूर्ण छ।

डाक्टरले डर नदेखाई धुम्रपानको लत छुट्दैन।  रोग, दम  भएपछि चुरोट खानेले आफैं छाड्छ। तर यो अन्तिम अवस्था पनि हुनसक्छ। उसलाई पहिले नै थाहा थियो यो लाग्छ । राजनीतिमा खराब लत लागेकालाई  छोडाउने  सर्वोत्कृष्ट  उपाय जनताको मत हो। जर्जियाको नेतृत्वले यही कुराको महसुस गर्यो ।त्यहाँ नेतृत्वलाई अधिकार दिइयो। नेतृत्व उत्तरदायी र पारदर्शी बन्यो।  परिवर्तनमा जनताले साथ दिए । तर त्यो राजनीतिक क्रान्ति थिएन।नेपालमा नेताहरुले सोचेजस्तो फरकफरक राजनीतिक परिवर्तन थिएन।

पुरानै शासन भित्र नयाँ नेतृत्वले ठूलो परिवर्तन देखायो।   नेपालमा राजनीतिक परिवर्तन र क्रान्तिको मात्र सोच राख्नै तर मौकामा काम गर्न नसक्ने र लतमा फस्दै जाने थुप्रै नेता र नेतृत्व देखिए।। यही विधि र पद्धति भित्र बसेर काम गर्ने जागरिलो नेतृत्व अहिले चाहिएको छ।  परिवर्तनको संकेतले बिस्तारै राजनीतिक दल र सोचाईमा झट्का लाग्न थालेको छ। लत नशा बनिसकेका हरूलाई अवसर नदिने बेला सधैंभरि आउँदैन। उत्तम समय यही हो कि रु

नेपालमा पैसा खर्च नगरी सुधार गर्ने ठाउँ थुप्रै छन् ।कर्मचारीको सरुवा व्यवस्थित गर्न  खर्च गर्नुपर्दैन। यसले सुशासनलाई गन्तव्यतिर लैजान्छ। विभिन्न लाइसन्सहरु नियमित गर्न पैसा खर्च गर्नुपर्दैन। पूर्वधार बनिसकेको छ ।बदमासी गर्नेलाई निगरानी गरे मात्र पुग्छ। तर माथिदेखि तलसम्म यसैमा सबैको लत लाग्यो। सेवा प्रवाहमा सुधार गर्न थोरै पैसा खर्च गरे हुन्छ ।धेरै पूर्वाधार बनिसकेका छन।तर यसैमा सानादेखि ठूला सबैको चासो छ।

सीमानाकाबाट कालोबजारी रोक्न  खर्च गर्नुपर्दैन तर प्रहरी प्रशासनको लत त्यसैमा छ। जनताको मन जित्न पैसा खर्च गर्नुपर्दैन तर राजनीतिमा  पैसा खर्च गरेर निर्वाचन जित्ने लत लागेको छ ।जनताले राम्रो नेतृत्व  चुन्न पैसा खर्च गर्नुपर्दैन। तर  भोट दिनलाई पैसा माग्ने लत लागेको छ।  यो लतले सुधार गर्दैन। सबैले आफ्नो लत हटाउनैपर्छ । नत्र चुरोट बट्टाको खतराको चिन्ह  नटेरे जस्तै सुशासन भित्रको क्यान्सरलाई पनि स्वीकार गर्नुपर्ने बाध्यता हामीसँग छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर