• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रेममा कतै तपाईंलाई धोका भइरहेको त छैन  ? यस्ता कारणले धोका दिँदा रहेछन्

काठमाडौं । अक्सर धेरैको जीवन प्रेम र ब्रेकअपको गोलचक्करमा घुमिरहेको हुन्छ । यो नव–यौवना जोडीको मात्र कुरा होइन, पति–पत्नीबीच पनि यस्तो हुन्छ । विवाहित वा एकसाथ बसेको छ भन्दैमा उनीहरुबीच प्रेम सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । एकसाथ बसेपनि दम्पतीबीच मनमुटाव, झैझगडा, आपसी असमझदारी भइरहेको हुन्छ । प्रेमी–प्रेमिकाको त कुरै छाडौं । धेरैजसाको सम्बन्ध दिगो हुँदैन । प्रेम गर्ने, ठाकठुक पर्ने, ब्रेकअप हुने क्रम उनीहरुमा चलिरहन्छ । प्रेम सम्बन्ध किन सधै सुमधुर हुँदैन ? किन ब्रेकअप हुन्छ ? किन एकअर्काले धोका दिन्छ ?


यसमा अनेक कारण हुनसक्छ । भनिन्छ, प्रेम विश्वासमा टिकेको हुन्छ । त्यसैले प्रेम सम्बन्धलाई जोड्ने सबैभन्दा मूख्य तत्व हो, विश्वास । त्यससँगै समझदारी आवश्यक हुन्छ । एकअर्कालाई गर्नै केयरिङ त छँदैछ । यद्यपी विविध कारणले दम्पती वा प्रेम जोडीबीचको समबन्धमा दुई चिरा पर्छ । उनीहरुले एक अर्कालाई धोका दिन थाल्छ । किन ?


बाहिरी आकर्षण : आफ्नो प्रेमी–प्रेमिका वा श्रीमान–श्रीमती हुँदाहुँदै तेस्रो व्यक्तितर्फ आकषिर्त हुनु धोकाको पहिलो कारण हो । मानिसलाई आफ्नो घरभन्दा बाहिर सम्वन्ध बढाउँदा रोमाञ्च र आनन्द मिल्छ । तर उनीहरु भुल्न पुग्छन् कि यस्तो सम्वन्ध अन्ततः घातक हुनेछ । मानिसहरु आफ्नो जीवनमा केही नयाँपन ल्याउने लालसामा घरबाहिर सम्वन्ध गाँस्न पुग्छन् । शारीरिक सम्वन्ध पनि प्रेममा धोकाको एउटा ठूलो कारण हो । नयाँ व्यक्तिसँग सेक्सको चाहले पनि अक्सर पुरुष वा महिलाहरुलाई आफ्नो पार्टनरसँग धोकाका लागि उक्साउँछ । यस्ता व्यक्तिहरुमा असन्तोषको भावना हुन्छ जसले गर्दा उनीहरु घरभन्दा बाहिर सम्वन्ध गाँस्न पुग्छन् ।


घरभित्रको असन्तोष : कैयन मानिसहरुले धोका दिने एउटा अर्को कारण हो आफ्नो घरभित्र खुशी प्राप्त नहुनु । एक अनलाइन सर्भेक्षणमा ५५ प्रतिशत मानिसहरुले आफूहरु घरभित्रको सम्वन्धबाट खुशी नभएर बाहिर सम्वन्ध गाँस्न पुगेको बताएका छन् । यस्तो बताउनेमा ३५ प्रतिशत महिलाहरु पनि थिए ।


बदलाको भावना : कहिलेकाहीँ बदलाको भावनाले पनि ‘धोका’ लाई जन्माउँछ । आफूलाई विगतमा कुनै प्रकारको हानी पु¥याएको व्यक्तिलाई बदला लिन खोज्नु मानवीय प्रवृत्ति नै हो । यस्तो अवस्थामा आफ्नो अहंकार सन्तुष्ट पार्नका लागि उसले धोकाको सहारा लिन्छ । उ आफ्नो प्रेमी÷प्रेमिकासामु यो सावित गर्न चाहन्छ कि उसलाई चाहनेहरुको यो संसारमा कमि छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर