• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

 बिहान उठ्ने बिक्तिकै के गर्नु हुन्छ के गर्न हुँदैन ? 

काठमडौं । बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ । तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ ।

त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ । तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ ।

१. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन ।

२. आखाँ खुलेपछि केहिबेर ओच्छ्यानमा नै पल्टेर १ मिनेट बस्ने गर्नु पर्दछ ।

३. त्यसपछि रातभर विश्राममा रहेको शरीरमा रक्तसञ्चार गराउने शरीर तन्काउनु पर्दछ ।

४. पर्याप्त समय दिई दिसापिसाब गर्ने तर बाथरुममा मोवाइल हेर्ने बानि लगाउनु हुदैन ।

५. कतिपयमा धेरैबेर दाँत माझ्ने बानि हुन्छ । तर यसो गर्नुहुदैन ।

६. दाँतलाई नरम ब्रसले २ देखि ३ मिनेटसम्म हल्का दबाबमा ब्रस गर्नुपर्दछ ।

७. त्यसपछि नुहाउनु उपयुक्त हुन्छ । तर यो जाडो मौसममा अनुकुल नहुन सक्छ ।

८. त्यसपछि खाली पेटमा एक केस्रा काँचो लसुनलाई तातोपानीसँग उपयुक्त हुन्छ ।

९. खाजामा उसिनेको अण्डा वा क्यालसियमयुक्त खानेकुरा दूध खानु उपयोगी हुन्छ ।

१०. सकेसम्म बिहानको खाजामा कम चिल्लो भएको परिकार खानु पर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर