• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर