• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अष्ट्रेलियाको तटमा कसरी फसे समुद्री ह्वेल ?

एजेन्सी । घटनाहरूको अनौठो मोडमा बुधवार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह  फेला परेको थियो । अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा मात्र जीवितै देखिन्छन् । बालुवाको समतल छेउमा रहेको समुन्द्री किनारमा ह्वेलहरू के कारणले पसे भन्ने कुनै जानकारी छैन । 

किङ आइल्याण्डको समुद्र तटमा १४ वटा ह्वेल फेला परेको एक दिनपछि  ठूलो समूहमा ह्वेल फेला परेको हो । हवाई तस्बिरमा लामो समुद्र तटमा दर्जनौं ह्वेल छटपटिएका देखिन्छन् । 

स्थानीयहरूले बाँचेकाहरूलाई कम्बलले छोपेका थिए र उनीहरूलाई जीवित राख्नको लागि बाल्टिनबाट पानी ल्याएर  भिजाएका थिए । नजिकका अन्य केही ह्वेल भने मरेका थिए । कालो चमकदार स्तनपायीहरू म्याक्वेरी हार्बर नजिकै फसेका राज्यको प्राकृतिक संसाधन तथा वातावरण विभागले जनाएको छ ।
समुद्री संरक्षण विशेषज्ञहरू र ह्वेल उद्धार गियरसहितका कर्मचारीहरू घटनास्थलतर्फ जाँदै गरेका अधिकारीहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर