• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भीमफेदी बस दुर्घटनामा ७ जनाकाे मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना  भएकाे छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर