• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको प्ररहरीले जनाएको छ ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।  घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी नै रहेको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर