• २०७९ असोज १५ शनिबार
  • Saturday, 1 October, 2022

बेल्जियम र नेदरल्यान्डको जित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित ग¥यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

समूहको अर्काे खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित ग¥यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर