• २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025

सिन्धुपाल्चोक १ मा युवा नेता माधव सापकोटा पक्का !

काठमाडौं । सिन्धुपाल्चोकमा  रहेका  संघीय निर्वाचन क्षेत्रमध्य क्षेत्र नं. १ मा माओवादीको तर्फबाट माओवादीका युवा नेता माधव सापकोटाको उमेदवारी पक्का भएको छ ।  जिल्लामा रहेका  दुईनिर्वाचन  क्षेत्रमध्य एक नम्बर एक माओवादी केन्द्र र दुई नेपाली काँग्रेसले लिने सहमति बने पस्चात सापकोटाको उमेद३वारी पक्का भएको हो । 
गणतन्त्र प्राप्तिपछि नै सिन्धुपाल्चोक १ मा सभामुख अग्निप्रसाद सापकोटा लगातार ३ पटक विजयी भईसकेका थिउ ।  यस पटक भने नाताले आफ्नै भतिज पर्ने माओवादीका युवा नेता माधवलाई उनले छाडीदिने पक्का भएको छ । 

अघिल्लो चुनावमा नै प्रदेश सांसदका लागि तयारी गरेका माधव सापकोटा तत्कालिन नेकपा एमालेसँगको गठबन्धन र संघमा अग्नि सापकोटा उठ्ने कारणले पछि हटेका थिए । तर यसपालि भने सभामुख अग्नि सापकोटाले नै युवा नेतृत्वलाई अघि सार्ने भए पछि उनी संघिय संसदको लागी बलियो बनेका हुन् ।

अध्यक्ष प्रचण्डले समेत माधवलाई टिकटको आश्वासन दिदै तयारी गर्न भनेका कारण  अहिले सापकोटा जिल्लामा चुनावी भेटघाटमा व्यस्त भएका छन् । उनी दशैंमा घर पुगको मौकामा  मतदाता भेट्न व्यस्त छन्  भने सभामुख अग्नि यसअघि सधैं गृहजिल्ला सिन्धुपाल्चोक पुगेर द शें मनाउने गरेका भए पनि यसपाली काठमाडौ छोडेनन् । 

सभामुख सापकोटा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरिसकेकाले माधव सापकोटा चुनावको तयारीमा लागिसकेको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर