• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

सरेशको ७ बुँदे स्वीकारोक्तिः ‘मैले षडयन्त्र, अन्तरघात र चरित्रहत्या गरेकै हो’

चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपालको गल्ति स्वीकार पत्रले हलचल सृजना गरेको छ । विगतमा नेकपा एमाले र त्यसका नेता कार्यकर्ता विरुद्ध आफूले षडयन्त्र गरेको, अफवाह फैलाएको र कतिपय नेताहरुको चरित्रहत्या गर्ने भूमिका खेलेको कुरा नेपालले स्वीकार गरेका छ । 

केन्द्रीय लेखा आयोगले गरेको निर्णय अनुसार क्षमा यचना पत्र लेख्दै उनले ७ बुंदे गल्ति स्वीकार गरेका हुन् । आफ्नै पार्टी विरुद्ध यस्तो गल्ति स्वीकार गरेका नेपालको विषयमा अहिले एमाले सिन्धुपाल्चोक भित्रै तिखो आचलोचना सुरु भएको छ । 

उनले जिल्ला पार्टीको विभिन्न तहमा रहँदा पटक–पटक अन्तरघात र पार्टी पंक्तिमा ठूलो क्षती पुग्ने काम गरेको स्वीकार्दै आफ्नै पार्टीका नेताहरुको चरित्रहत्या र सुराकी गरेको विषय बाहिर नलगिदिन आग्रह गरेको पत्रमा उल्लेख छ ।  

समाचार दैनिकलाई प्राप्त गोप्य पत्रमा उनले २०५९ साल चैत्र १२ गते जिल्ला समिति सदस्यबाट राजीनामा समेत दिएका छन् । पार्टी भित्रका समस्याहरुका कारण आफूले जिल्ला सचिवलाई राजीनामा लेखेको पत्रमा उल्लेख छ ।

नेपालको औंठाछाप र हस्ताक्षर भएको काजगातमा आफ्नै कुविचार र कुबुद्धिले पार्टीमा ठूलो क्षती पुगेको, पार्टी भित्र र बाहिरका व्यक्तिहरुको चरित्रहत्या भएको, आपत्तिजनक, भ्रामक र कपोकल्पित कुराहरु बाहिर ल्याई मानसिक यातना दिने काम हुन पूगेको स्वीकार गरेका छन् ।  

आफ्नै पार्टीका अग्रज नेतृत्व, कार्यकर्ता, कर्मचारी, व्यापारी अन्य दलका नेता कार्यकर्ता विरुद्ध सुराकी गरेको, अत्यन्तै आपत्तीजनक भ्रामक र कपोकल्पित समाचार प्रचार प्रसार गरेर चरित्रहत्या गरेको माफी पत्रमा उनको स्वीकारोक्ति छ ।  

पार्टीलाई बुझाएको गोप्य पत्रमा नामै तोकेर पार्टीका नेता कार्यकर्तालाई चरित्र हत्या, दुख र मानसिक यातना दिएको स्वीकार गरिएको छ ।  
कागजपत्रमा कांग्रेस नेता मोहन बहादुर बस्नेत र राप्रपा नेता पशुपति सम्शेर राणाको नाम पनि जोडिएको छ । 

नेताहरुलाई सिन्धुपाल्चोकबाट समाप्त गर्ने गतिविधि सञ्चालन गरेको, पार्टीको विभिन्न नेताहरु र कार्यकताहरुलाई अनावश्यक दोष लगायएका विषय गोप्य पत्रमा उल्लेख छन् । 

पार्टीमा अन्तरघात छानविन गर्न बनेको समितिको प्रतिवेदनमा पनि उम्मेदवार नेपाललाई पार्टीका नेता हराउने प्रमुख जिम्मेवार ठहर गरिएको छ । आफ्ना उम्मेदवार विरुद्ध भोट नहाल्न आव्हान गरेको, उम्मेदवारसँग कार्यक्रममा जान अस्वीकार गरेकोलगायतका निष्कर्ष निकाल्दै लिखित आत्माआलोचना गराउन भनिएको छ । 
हेर्नुहोस पत्रहरुः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर