• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आयोजक कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुवात

काठमाडौं । कतारको राजधानी दोहोमा आजबाट सुरु भएको विश्वकप फुटबलमा इक्वेडरले विजयी सुरुवात गरेको छ । आयोजक कतारका विरुद्ध ६० हजार दर्शकसामू इक्वेडरले २–० गोलको जित निकाल्दै आयोजकलाई निराश पारेको हो । 

इक्वेडरको जितमा कप्तान एन्टोनियो भालेन्सियाले गोल गरेका हुन् । उनले खेलको १६ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरेर विश्कप २०२२ कै पहिलो गोल गरे भने दोस्रो गोल खेलको ३१ मिनेटमा गरे । खेलको

तेस्रो मिनेटमै भ्यालेन्सियाले हेडरमार्फत गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

कतारका गोलकिपर साद अल शीबले भ्रमणकारी टिमका कप्तान इनर भ्यालेन्सियालाई १८ यार्ड बक्समा लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो।

भ्यालेन्सियाले विश्वकपमा इक्वेडरबाट गरेको यो पाँचौं गोल हो। सन् २०१४ को विश्वकपमा पनि उनै कप्तान भ्यालेन्सीयाले ३ गोल गरेका थिए ।

आयोजक कतारले पाएका केही राम्रा मौकाहरुलाई सदुपयोग गर्न सकेन । प्रतिस्पर्धात्मक देखिएको खेलअघि कतार विश्वकपको भब्य उद्घाटन भएको थियो ।

समूह ए मा आयोजक कतार, दक्षिण अमेरिकी राष्ट्र इक्वेडर,  अफ्रिकन देश सेनेगल  र युरोपको नेदरल्यान्डस छन् । सतहमा हेर्दा समूह ए मा सवैभन्दा बलियो नेदरल्याण्डस देखिएको छ ।  

विश्वकपको ९२ वर्षको इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन। यसअघि सन् २०१८ मा भएको विश्वकपको उद्घाटन खेलमा रुसले साउदी अरबलाई ५-० गोलको नतिजामा पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर