• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सिन्धुपाल्चोक १ : सुरुवाती अग्रता लिदै माओवादीका माधव

ठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सुरुवाती अग्रता लिएको छ । माओवादीका युवा नेता माधव सापकोटाले एमालेका सरेश नेपाललाई प्रारम्भमै पछि पारेका छन् ।

ढिलागरी सुरु भएको मतगणनामा हालसम्म २८९ मत गन्दा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधले १२५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सरेश नेपालले ११५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत पाएका छन् । 

यस अघिको स्थानीय तहको चुनाव तथा अघिल्लो संसदीय चुनावमा सिन्धुपाल्चोकमा माओवादी, काँग्रेस, एमाले र एकीकृत समाजवादीले ल्याएको मतको तुलना गर्ने हो भने, अंकगणित स्वतः गठबन्धनको पक्षमा छ । 

गठबन्धनका तर्फबाट प्रदेश १ को क मा मसिना खड्का भण्डारी उम्मेदवार बनेकी छन् भने ख मा सरल सहयात्री पौडेल छन् ।  

स्थानीय तहको अंकगणित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा बलेफी, जुगल, सुनकोसी, भोटेकोसी, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रविसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं। २, ३, ४, ९ र १० वडा पर्दछन् । यस क्षेत्रमा पुरुष मतदाता ६७ हजार ६ सय ३१ र महिला ६३ हजार ७८ गरी जम्मा मतदाता संख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेसको मत ३४ हजार ७६१ छ । नेकपा एमालेको २७ हजार ५९ र नेकपा माओवादी केन्द्रको १९ हजार ३३४ मत छ । एकीकृत समाजवादीले २ हजार ३११ मत पाउँदा राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर