• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

माओवादीमा विशेष महाधिवेशन र पार्टी पुन:संरचनाको बहस सुरु

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ मा भएको निर्वाचनको सम्पूर्ण मत परिणाम आइसकेको छैन । अहिले सम्म गणना भएका र परिणाम आईसकेका स्थानको रुझान हेर्दा सत्तारुढ दल नेकपा माओवादीले यस अघिको अवस्था पनि कायम गर्न नसक्ने हो कि ? भन्ने संकेत देखिएको छ । 

प्रतिनिधिसभामा प्रत्येक्ष तर्फ ४७ सिटमा प्रतिस्पर्धा गरेको माओवादीलाई २०  िसट जित्न पनि कठिन हुने देखिएको छ । समानुपातिक तर्फको मत पनि माओवादीले यस अघिको आम चुनावको जति पनि नल्याउने संकेत प्रारम्भिक रुपमा देखिएका छन् । 

चुनावी मतले आशा गरेजस्तो परिणाम नआउने भएपछि नेकपा माओवादी केन्द्र भित्र विशेष महाधिवेशनको माग हुन थालेको छ । 

वर्तमान नेतृत्व तथा यसले लिएको रणनीति र कार्यनीति माथि प्रश्न उठाउँदै माओवादीले पार्टीको मूल नेतृत्व, लिएको नीति, संगठनात्मक शैली, जनताका एजेण्डा र जनशैली जस्ता विषयमा छलफल गर्न महाधिवेशनको माग भएको हो । 

माओवादीले अघिल्लो साल मात्रै भेला आयोजना गरेको थियो, तर अन्तिम समयमा महाधिवेशन नै भनिएपनि त्यसैबेला छिट्टै विषेश महाधिवेशन गर्ने भनिएको थियो । 

शहरी भेगमा माओवादीले आफ्नो प्रभाव विस्तार गर्नै नसक्नु र विस्तार भएका ग्रामिण भेगमा पनि माओवादी खुम्चँदै जानुको कारण खोज्नुपर्ने तर्क माओवादीका दोस्रो तथा तेस्रो तहका नेताहरु गर्न थालेका छन् । 

माओवादी युवा नेता पोखराका राजकाजी गुरुङले फेसबुकमा लेखेका छन्, 'पार्टी को योजना अनुरुप बिशेष महाधिबेसन को तयारी मा जुटौ। आफु लाइ नै हेरौ अनि गम्भीर समिक्षा गरौ । जुन सुकै कोण बाट किन नहोस हामीले बनाएको मैदानमा अभिब्यक्त भाबना बाट बिल्कुल बिचलित नबनौ । बिगत गौरवपूर्ण छ वर्तमान भरोसायोग्य र भबिष्य सुन्दर बनाउन सकिन्छ । युग परिवर्तन गर्न सक्ने तागत राख्ने हामीले अब नागरिक को जीबन परिवर्तन गर्ने, शुसासन कायम राख्ने‌ र सम्बृद्ध सालि देश बनाउने संकल्प गर्नै पर्छ। हामि संग भन्दा बाहेक अरु कसै संग यो तागत छैन।'

अर्का युवा नेता रामदीप आचार्यले पनि यस विषयमा आफ्नो छोटो टिप्पणी लेखेका छन् । विगतको पराजयबाट पाठ सिकेर जितको योजना बनाउन नसकिएको स्वीकार  गर्दै उनले भनेका छन्, 'पराजय हुनु ठूलो समस्या होइन , विजयको तयारी नगर्नु ठूलो समस्या हो ! '

नेता अमर तमुले आन्दोलनहरु वाट प्राप्त उपलव्धिहरुको रक्षा गर्दै थप विकास गर्न,पार्टी पुन:निर्माण , जनदीशा अवलम्वन, नयॉ परिस्थितिको नयॉ कार्यभार अनुरूप विकसित कार्यदिशा निर्माण लगाएतका सवाल सहित छिट्टै विशेस महाधिवेशन मा जानुको विकल्प नभएकाे बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, 'निर्वाचनको समग्र समीक्षा गर्ने वेला अझै भाछैन, परन्तु प्रारम्भिक मतपरीणामले हामी सवैलाई गम्भीर वनाएकै छ।हामीले आफैलाई गम्भीर आत्मा समीक्षा गर्दै जनताको भुई तहमा सवै तहको नेतृत्व पुग्ने र जनसेवामा लाग्नै पर्ने शिक्षा मिले झै लाग्छ। आन्दोलनहरु वाट प्राप्त उपलव्धिहरुको रक्षा गर्दै थप विकास गर्न,पार्टी पुन:निर्माण , जनदीशा अवलम्वन, नयॉ परिस्थितिको नयॉ कार्यभार अनुरूप विकसित कार्यदिशा निर्माण लगाएतका सवाल सहित छिट्टै विशेस महाधिवेशन मा जानुको विकल्प छैन!!'

माओवादी भक्तपुरका युवा नेता, केन्द्रीय सदस्य डीपी ढकालले पनि चुनावी परिणाम नआउँदै माओवादीले गम्भिर आत्म समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । 
उनले लेखेका छन्, 'गम्भिर आत्म समिक्षा गरौ । आफनै खुट्टामा उभिएर पार्टी निर्माण गरौ । समाजवाद र समृद्धिको एजेन्डामा जनतालाइ गोलबन्ध गरौ । माओवादी आन्दोलनको पुनः संरचना गरौ ।न आतियौ । समाजवाद र समृद्धिका लागि नयाँ माओवादी आन्दोलन निर्माण गरौ ।'

माओवादीका युवा नेता तथा पूर्व पत्रकार समेत रहेका अछामका पुष्प न्यौपानले माओवादीले २०६३ सालमा कान्तिपुर दैनिकमा छापिएको तत्कालिन अवस्थाको सिटसँख्या बारेको समाचार शेयर गरेका छन् ।

कान्तिपुर पत्रिका शेयर गर्दै उनले लेखेका छन्, 'उदेक लाग्दो व्यवहारकै कारण इतिहासको अद्भुत किर्तिमान र परिवर्तनको स्वर्णिम अभियानमा अप्रत्याशित ब्रेक लाग्दै आयो, इमान्दारिता र गतिशिलता थाक्दै गयो, एकातिर महत्वाकाँक्षाको भोक जाग्दै गयो र अर्कोतिर त्यहि कमजोरीमा टेकेर यथास्थितीले निशाना ताक्दै गयो ।आफ्नो ब्राण्डलाई सहि दिशामा लैजान पार्टीको पुनर्गठन र संगठनको पुनर्जिवनका लागि पार्टी सत्ता र सांगठनिक सत्तामा सक्षमहरुलाई स्पेस दिनुको विकल्प छैन ।'

माओवादीसँग नजिक रहेका युवा कानुन व्ययसायी विराज थापाले सोमबार नै आफ्नो फेसबुकमा विषेश महाधिवेशनको माग गरे । उनले लेखेका छन्, माओवादीले विषेश महाधिवेशन बोलाएर यति निर्णय गर्नुपर्ने देखियो ।

१. प्रचण्ड लगाएत पहिलो पुस्ताको नेताहरूलाई सल्लाहकारमा राख्ने,

२. Policy shift गरि अबको सरकारमा सामेल नहुने र ५ वर्ष प्रतिपक्षी भुमिका निभाउने,

३. दोश्रो तहका नेताहरु मध्य एउटालाई नेतृत्व दिई अरुलाइ केन्द्रिय कमिटीमा राख्ने तर पदाधिकारीमा तेस्रो पुस्ता ल्याउने ।

४.गठबन्धनको राजनीति त्याग्ने

५. संसदीय दलको नेतामा नयाँ अनुहार

६. किसान , मजदुर केन्द्रित राजनीति गर्ने घरबेटी केन्द्रित होइन ।

फेरिपनी दक्षिणपन्थी हावाबाट बच्न सबै प्रगतिशील, लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै देश बनाउने अभियानमा जुटौं ।'

माओवादीसँग नजिक रहेका युवा पाइलट फेसबुकमा नाम कर्मशील पाइलट राखेका समर्थकले भने फरक विचार व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'माओवादी साथीहरु किन आत्तिनुभएको हो ? चुनाबको अन्तिमसम्म हाम्रो सन्तोषजनक स्थिति हुनेछ ! दोस्रो, खाली सि सि पछ्यधरले जितेको अवस्थामा आत्तिनुपर्दैन ! प्रतिकुलताभित्र अनुकुलता खोज्न सच्चा माओवादीले छेमता राख्छ !'

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर