सुदूरपश्चिममा बलियाे बन्दै कांग्रेस, २०७४ भन्दा कमजाेर एमाले

धनगढी । अघिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे । तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता कायम गरिरहेकाे छ । यस हिसाबले सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठुलो दल बन्ने स्थिति बनिरहेकाे छ ।

०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै यस प्रदेशबाट जितेका थिए । संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ ।३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको मत गणनामा हुँदा कांग्रेसले ७ स्थानमा जितसहित तीन स्थानमा अग्रता कायम गरेको छ । ०७४ को निर्वाचमा प्रदेशको पहिलो शक्ति एमाले बनेकाे थियाे । यस पटक निकै कमजाेर स्थितिमा छ ।

एमाले नागरिक उन्मुक्तीभन्दा पनि कमजाेर

प्रत्यक्ष निर्वाचनमा संघतर्फ सुदूरपश्चिममा एमाले, नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कमजाेर स्थितिमा छ । हालसम्म एक स्थामा पनि जित हासिल गर्न नसकेको एमालेले कञ्चनपुर–१ मा मात्रै अग्रता कायम गरेको छ ।

प्रदेशतर्फ पनि एमाले कमजाेर अवस्थामा छ । हालसम्म प्रदेशमा एमालले दुई स्थानमा मात्रै जित हात पारेको छ । प्रदेशमा एमालेको अग्रता छैन । माओवादी केन्द्र संघमा कमजाेर देखिए पनि प्रदेशमा सम्मानजनक स्थितिमा छ ।

हालसम्म संघतर्फ जित हासिल नगरेको माओवादी केन्द्रले बैतडी र कैलाली-२ मा अग्रता कायम गरिरहेको छ । प्रदेशतर्फ चार स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कामय गरिरहेको छ । 

अछाम–२ का दुई प्रदेशसभा र बाजुराका दुई प्रदेशसभामा भने अझै पनि मतगणना सुरु भइसकेको छैन । बाजुरामा ४ मंसिरको निर्वाचनमा झडप भएपछि केही स्थानमा पुनः मतगणना गर्नुपर्ने भएका कारण मत गणना राेकिएकाे छ ।

एकीकृत समाजवादीका सबै उम्मेदवार विजयी 

संघमा एक जित र एक स्थानमा अग्रता कायम राखेको नागरिक उन्मुक्ति पार्टी प्रदेशमा पनि दुई जित र तीन स्थानमा अग्रता कामय गरिरहेको छ । एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट पाएका सबै सिटमा जित हात पारेर प्रत्यक्षतर्फ संघमा बलियो स्थितिमा छ । समाजवादीका तीनै जना उम्मेदवारले जितका छन् । 

प्रत्यक्ष निर्वाचनमा ठुलो दल बन्ने देखिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रतर्फ कैलाली–४, कञ्चनपुर, २ र  ३, डडेल्धुरा, दार्चुला र अछाम–२ मा जित हात पारेको छ ।

यसैगरी, प्रदेशसभातर्फ कञ्चनपुर–२ को (ख), दार्चुला (क), अछाम–१ को (क), अछाम–२ (क), बझाङ (क), कैलाली–४ (ख) र बैतडी (ख)मा जित हात पारेको छ ।  कैलाली-२ (क), कैलाली-५ (ख), कञ्चनपुर-१ (ख), कञ्चनपुर-३ (ख) मा कांग्रेसकाे अग्रता छ । 

कांग्रेस निर्वाचित भएका स्थान
संघमा निर्वाचितहरू

अछाम-२ मा पुष्पबहादुर शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर-२ मा एनपी साउँद, क्षेत्र नम्बर–३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ
कञ्चनपुर-२ (ख)मा कांग्रेसका बहादुर सिंह थापा निर्वाचित भएका छन् । दार्चुला-१ (क) मा कांग्रेसका उम्मेदवार बिक्रम सिंह धामी निर्वाचित भएका छन् । अछाम–१ (क) मा कांग्रेसका उम्मेदवार मेघराज खड्का निर्वाचित भएका छन् । बझाङ प्रदेशसभा (क)मा कांग्रेसकै पृथ्बीबहादुर सिंह निर्वाचित भएका छन् । बैतडी-१ (ख) बाट शिवराज  भट्ट निर्वाचित भएका छन् । कैलाली–४ (ख) मा कांग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन् । 

कांग्रेसको अग्रता कहाँ काहाँ ? 
कैलाली-२ (क) मा कांग्रेसका कमल शाह, कैलाली-५ (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा, कञ्चनपुर-१ (ख) मा कांग्रेसका दिवानसिंह विष्टको अग्रता छ । कञ्चनपुर-३ (ख) मा कांग्रेसका बेलबहादुर रानामगरको अग्रता रहेको छ । 

माओवादी केन्द्रलाई प्रदेशमा सफलता
संघीय निर्वाचनतर्फ कमजाेर देखिएको माओवादी केन्द्रले सुदूरपश्चिमका प्रदेशसभातर्फ भने तुलनात्मक रुपमा सफलता प्राप्त गरेको छ । संघमा माओवादी केन्द्रले कैलाली–२ र बैतडीमा अग्रता कायम गरिरहेको छ ।

माओवादी केन्द्र सुदूरपश्चिममा प्रदेशतर्फ चार स्थानमा विजयी भएको छ, भने यो समाचार तयार पर्दासम्म दुई स्थानमा अग्रता लिइरहेकाे छ । माओवादी केन्द्रले कञ्चनपुर–२ (क), दार्चुला (ख), डोटी (क), र अछाम (ख)मा जित हासिल गरेको छ । माओवादी केन्द्रले डडेल्धुरा (क)मा अग्रता कायम गरेको छ । 

माओवादी केन्द्रले जितेका क्षेत्र 
कञ्चनपुर–२ (क) मा माओवादी केन्द्रका ओमविक्रम भाट निर्वाचित भएका छन् । दार्चुला-२ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । 

डोटी–१ को (ख)मा माओवादी केन्द्रका उम्मेदवार शिवसिं ओली निर्वाचित भएका छन् । अछाम–१ (ख)मा माओवादी केन्द्रका उम्मेदवार झपटबहादुर साउद निर्वाचित भएका छन् । बझाङ प्रदेश सभा (ख)मा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

बलियो बन्दै नागरिक उन्मुक्ति पार्टी
एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा बलियो प्रभाब बनाइरहेकाे छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट संघतर्फ तीन र प्रदेशतर्फ पनि तीनै स्थानमा जित हासिल गरेको छ । कैलाली–१ मा पनि संघ र प्रदेशमा अग्रता कायम गरिरहेको छ ।

यसैगरी कैलाली–२ (क) मा पनि अग्रता रहेको छ ।

 कमजाेर  बन्दै एमाले
०७४ को निर्वाचनमा संघ र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने कमजाेर स्थितिमा देखिएको छ । आठ जिल्लाको मत गणना हुँदा एमाले सून्य छ । कञ्चनपुर–१ मा मात्रै एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता रहेको छ । ०७४ मा उसले जितेको बझाङ, अछाम, डोटी, दार्चुला गुमाइसकेको छ भने बैतडी र कैलालीमा पनि पछाडि छ ।

एकीकृत समाजवादी सफल
संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएकाे छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम-१ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।

एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर