• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रचण्डलाई ओलीको टेलिफोनः ‘वाम आन्दोलन विरुद्ध घेराबन्दी भयो, मिलेर जाऔं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित भएकोमा बधाइ दिएका छन् । विहीबार अध्यक्ष ओलीले प्रचण्डलाई टेलीफेन गरेर बधाई दिएका हुन् ।

टेलीफोन बार्तामा अध्यक्ष द्धयबीच पार्टीफुटको आत्माआलोचना देखी पार्टी एकता सम्मको कुारा भएकाे छ । टेलीफोन संवादमा एमाले अध्यक्ष आलीले नेपालमा वामपन्थीहरु चौतर्फी घेरा बन्दीमा परेका कारण हिजोका तीतो मिठो सबै बिर्सेर वामआन्दोलनलाई एकताबद्ध अगाडी बढाउन प्रस्ताव गरेका हुन् । प्रचण्डलाई भेट्न बिहीबार खुमल्टार पुगेका नेता कार्यकर्तासंग कुरा गर्दै प्रचण्डले साे कुरा बताएका हुन्। उनले प्रचण्डसँग नेपाली कम्युनिष्ट आन्दोलनलई बचाउँनका लागि  पनि वाम एकता अपरिहार्य रेको र चौतर्फी भएको घेराबन्दीका कारण वाम एकता गर्नुपर्ने बताएका छन् ।

यस विषयमा प्रचण्डले याे अवस्था आउनुकाे करण ओलीनै भएकाे जवाफ दिदै एमाले अध्यक्ष आलीलाई ढिलै भए पनि बामआन्दोलनलाई कसरी अगाडी बढाउने भनने चिन्ता गर्नु भएकोमा आफु खुसी रहेको बताएका थिए । निर्वाचनको परिणम आई रहेको र अबका दिनमा कम्युनिष्ट आन्दोलनलाई कसरी बचाउँने भन्ने कुरालाई दुई पक्षबीच नै  छलफल गर्दै अगाडी बढ्नु पर्ने प्रचण्डको भनाई थियो । उनले एमाले अध्यक्ष केपी ओलीकै कारण बाम आन्दोलनलाई क्षती पुगेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर