• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एमाले अध्यक्ष केपी ओलीलाई अनफलो गर्ने युवाहरूको अभियान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई अर्थहिन भन्दै टिप्पणी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीको चर्को आलोचना सुरु भएको छ । रवि लामिछाने सभापति रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा नकारात्मक टिप्पणी गरेपछि ओली यतिबेला गाली र आलोचनाको शिकार भईरहेका हुन् ।

 

झापाको भद्रपुर विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले “त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’ भन्दै रवी लामिछाने र उनको पार्टीको कडा टिप्पणी गरेका छन् ।

यस विषयलाई लिएर अहिले सामाजिक संजाल तात्न थालेको छ । अधिकांश युवा र संजाल प्रयोगकर्ताले तल्लो स्तरको गाली र ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलाउने चेतावनी दिईरहेका छन् । ओलीलाई कतिपय   युवाहरूले अनफलो गर्ने अभियान नै चलाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर