• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

फेरी भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली

पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ।

बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन्।

सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११।४ मिलिमिटर वर्षा भएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो।

शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन्।

आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर