चलचित्र ‘पासो’ शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘पासो’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । ‘फ्राइडे रिलिज’ अन्तर्गत शुक्रवार एउटा मात्र नेपाली चलचित्रले देशव्यापी प्रदर्शनको अवसर पाएको हो ।

आरबी पुनको निर्देशन रहेको ‘पासो’मा अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाईं शीर्ष भूमिकामा छन् । भगवान भुजेल निर्माता रहेको चलचित्रमा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाश लगायतको पनि अभिनय छ । २ मिल्ने महिला साथीमा केन्द्रित चलचित्रले बाँच्नका लागि गर्ने निर्मम संघर्षको कथा पेश गर्छ ।

डेढ घण्टा लामो चलचित्रलाई थ्रिलर र ड्रामा जनरामा राखिएको छ । 

चलचित्रलाई मल्टिप्लेक्स हलहरुले राम्रो शोज दिएका छन् । मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले देशभरका हलमा प्रदर्शनको पहिलो दिन चलचित्रलाई ११ शोज उपलब्ध गराएको छ । जसलाई राम्रो मान्न सकिन्छ । चलचित्रको कथावस्तु केही भिन्न र प्रस्तुतिमा नयाँपन दिएको सार्वजनिक टिजर र ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर