बुधबार बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि एक लाख ७ सय पुगेको छ।
चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ।
प्रतिकृया दिनुहोस