बद्री पंगेनी र कमल कुमारी निरौलाको स्वरमा ‘नेपाल देश’ सार्वजनिक 

काठमाडौं । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय भावको ‘नेपाल देश’ सार्वजनिक भएको छ ।

यस गीतमा लोकप्रिय गायक बद्री पंगेनी र गीतकार, साहित्यकार कमल कुमारी निरौला (गीता) को स्वर रहेको छ भने कमल कुमारी निरौला (गीता) को शब्द र कमल बिरही थापाको संगीत रहेको छ । यस गीतलाई संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।

उक्त गीतको भिडियोलाई पत्रकार तथा गीतकार, निर्देशक प्रकाश बराईली अभिब्यक्तीले निर्देशन गरेका छन् । गीतमा महेश महराको छायांकन रहेको छ भने भिडियोलाई बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा बद्री पंगेनी, बुद्धबिर थापा, बिना बिश्वकर्मा, राज कुमार रायमाझी, राम प्रसाद पाठक, कमल कुमारी निरौला (गीता), भिम कुसारी, उर्मिला गुरुङ आदीको अभिनय रहेको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर