• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पर्यटन मन्त्री सुदन किराँतीलाई  ओखलढुंगाको लिखु–६ का वडाअध्यक्षको खुला पत्र

नागरिक उड्डयन तथा पर्यटन मन्त्री सम्माननिय सुदन(शिखर) किराँतीको स–मिप्यमा ओखल्ढुंगा जिल्ला लिखु गाउँपालिका–६ साविक गाम्नाङ्टार खाल्टे बासीको तर्फबाट सम्झना साथै बधाइको गुच्छाहरु

माननीय मन्त्री  ज्यु
खै कुन अध्याय बाट शुरु गरौ ? राज्यपरिबर्तन को निमित्त तपाईं हुनत नेपाल अधिराज्य भर पुग्नु भयो होला ? गाउँ बस्ती अनि पाखा पखेरा मा अनि कुना कन्दरामा । अनि तपाईं जस्तो इमानदार  निस्ठाबान नेतृत्व पाउन कठिन होला देश ले।सायद तपाइसग प्रत्येक्ष मेरोभेट भयको छैन। र पनि टेलीफोन  सम्बाद भने पक्कै भयकै हाे ।


सर्बहारा बर्गको मुक्तिको लागि आफ्नो ज्यान लाई मृत्यु सँग कुनै तुलना नगरी कुन पार्टी ले दिएको जिम्मेवारीलाई आत्म साथ गर्दै ओखलढुंगा जिल्ला  गाम्नाङ्टार गाबिस जहाकि जनयुद्वकाे आधार इलाका रोल्पाको थबाङ जस्तो खाल्टेमा २०६०/०६१ सालमा  हजुरकाे आगमन भएको रहेछ । 

के गर्नु मन्त्री  ज्यु मत पारिबारिक गरिबीको ढोका बन्द गर्ने अभियानमा शहर पसेको थिएँ । जहाँकी होटेलमा सामान्य कामदारको हिसाबले जागिर खाइ दशै मान्ने शिल्सिलामा घर आउदा तपाईं आफ्नो कार्य क्षेत्रमा फर्की सक्नु भयको रहेछ । जब म गाउँ आय तपाइको विष्यमा पोजेटिब विषय  प्रसम्सनिय कुरा सुन्दा तपाईं अनि मेरो हुन नसकेको भेट प्रती आत्मामा ग्लानि खड्किरह्यो ।

आदरणीय ब्यक्तित्व माननीय मन्त्री  ज्यु 

लगभग तपाइको गाम्नाङ्टार खाल्टे बसाइले थुप्रै उपल्ब्धिको छलाङहरु पार गरेको रहेछ । राज्य वा बस्ती एकातिर  परिबर्तनको लागि युद्धको चपेटामा रुमल्ली रहेको थियो । जस कारण म जस्ता युबा गाउमा थिएनौ पनि । गाउँमा हुर्केका युबा युवती गाउँमा बिरलै कम पाइन्थे । गाउँमा केटाकेटी  अनि बुढाबुढी बाहेक कोहि हुन्थेनन । एकातिर खुल्ला आकासमा बम गोला सहित हेलिकप्टर  स्कर्टिङ गरिरहेको हुन्थ्यो अर्कोतिर स्थलगत  गस्ती । अहँ तपाईं आफ्नो जीवन मरणको कुनै प्रवाह नगरी बसिरहनु भएको रहेछ ।

गाउँमा वृद्ध  बा आमा काम गर्न नसक्नेको लागि तपाइको त्यो समयमा छुट्टै अहम भुमिका रहेछ । अझै तपाईं गाउँछोडी गयपाछी हाल सम्म जिबित बा आमाले सम्झना रुपि नफड्कियको जिब्रोको सहायताबाट तोते बोली सहित सोध्नु हुन्छ । त्यो शिखर भन्ने मावोबवादी कहाँ छ के गर्छ होला सार्है असल थियो कि मार्यो होला है ? यति असल थिएन बाबै त्यो मान्छे । अनि म निर्धक्क सग जबाफ दिन्छु । वाहाँ अहिले नेपालको मन्त्री  भैसक्नु भयो । अनि ती बा आमा खुशी हुँदै झरी सकेका मुखका दाँतहरु अनि छर्लङ्ग गिजा देखिने गरि जिब्रो निकाल्दै भन्नुहुन्छ  स्याबास । स्याबास ।।


माननीय मन्त्री  ज्यु

धान झार्दै गरेको धानको खलामा किन नहोस, भकारो सोहोर्दै गरेको गाइको थलामा किन नहोस, बुढाबुढिको तन अनि मनमा किन नहोस, गरिब दुखिको घर अनि आगनमा किन नहोस, अनिकाल मा गिट्ठा वा सिस्नु घारी मा किन नहोस, कोदो टिपि नल काट्न नल बारिमा किन नहोस, गाउँघरमा काँचोपातको सुर्ती सालको पातमा बेर्दै झुलो चक्माको सहायताबाट आगो पारी खुशी हुँदै सुर्तीको सर्को सगै अनि तपाइको साथमा हल्लिखल्ली गर्दै ती टोल ती बस्तीको गल्लिगल्ली मायाको अनगिन्ती कोसेली पाएका रहेछ्न ती बा आमाले ।

तर के गर्नु तपाइको मीठो माया । अनि दैवको लिला तपाइले यो बस्ती छोडेर गयपछी हामिले धेरै अग्रजहरु गुमाइ सक्यौ, रहेका  अग्रजहरु तपाइको प्रतिक्षमा रहेका छन् ।

कामरेड शिखर, हामीले स्वराली जेठा बा, स्वराली कान्छा बा, मङ्राती हजुरबा ,राताघर माइला बा, हराबटे जेठा मामा, डाँडा कान्छा बा, तिल बहादुर बा, अनि रम रहुस गर्ने स्वोराली सान्जेठा बा यस्ता धेरै अभिभाबक गुमाइ सकेका छौं बाकी रहेका अग्रजहर तपाइँको प्रतक्षमा रहन् भएको छ ।

सम्माननिय मन्त्री  ज्यु

यति मात्र कहाँ हो र ? तपाइले दिनु भएको साङ्गितिक पाठ खुट्टा चलाउदै, हात हल्लाउदै, कम्बर मर्काउदै, आँखा सन्काउदै, मुख मुस्कुराउदै नाच्न सिकाउनु भएका ती भाइ बैहिनीहरु ओखलढुंगा  जिल्ला भरी नै उदाउदो नक्षत्रको रुपमा परिचित भएका छन् ।

हिमचुली सास्कृतिक परिवारको नामले परिचित भाइ बहिनीहरु राजेश मगर, दिपा आले, सन्जिब आले, प्रेम स्वोराली, अस्मिता मगर, हिरा आले , सुशिला मगर  आर्यन स्वोराली अनि सफल सोडारी (लक्ष्मण) भाइ त राम्रै दिहोरीमा बाध्यबादक छरे यी सबै हाम्रा गहनाहरु हुन् । राजेश र रुपेस भाइसगत भेटघाट पनि भएको रहेछ खुशि लाग्यो ।

माननीय मन्त्री ज्यु 
के गर्नु २०७४ सालको स्थानिय निर्बाचन पश्चात् म यस ठाउँको वडा अध्यक्ष  भएँ  । अहिले पनि मेरो दोस्रो कार्यकाल हो । अर्थशास्त्रको नियम अनुसार सिमित धनले असीमित आबश्यक्ता पूरा गर्नु पर्छ । एक आर्थिक वर्षमा आउने रकमले अपाङ्ग मैत्री ट्वाइलेट बनाउने बजेट आउँछ केनै गर्नु छर राज्यको सबै भन्दा सानो स्थानिय तहको प्रतिनिधिले ।

यो भन्दा बिगत को बर्ष मा पनि सिद्देस्वोर महादेब माटेबेसी बालाचतुर्दशी महोत्सब मा निमन्त्रणा गरेका थियौ हजुर्को आगमन कारणबस हु सकेन  । आउने वर्ष पनि तीन बर्से महोत्सव अन्तिम महोत्सव हुने छ हजुरको आगमन साथै यहाँको बस्ती यहाँको  खाल्टेबासीलाई माया गर्नु हुनको लागि अनुरोध गर्दै  एकमुस्ठ खाल्टे बासी लिखु गाउपालिका वडा नम्बर ६ ले मिठो सम्झनाको कोसेलीरुपि यहाँको कार्यकाल शुभ रहोस अनगिन्ती बधाइका गुच्छाहरु । तपाइलाइ बधाईरुपि र मायारुपि सम्मान गर्न आतुर छन् ।

अन्तमा यहाँको कार्यकाल उदाहरणीय होस यहि कामना गर्दछु । 

टिकाराम मगर ओखलढुंगा  जिल्ला लिखु गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष 
   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर