केनको गोलमा टोटेनहम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहमलाई हराएको छ ।सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।केनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।
टोटेनहमका लागि केनको यो २६६ औं गोल हो । केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
फुलहम ३१ अंक जोडे सातौं स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस