• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एमबाप्पेको पाँच गोलमा पीएसजीको जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए ।यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर