• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मलेसियामा राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको हो ।

सो अवसरमा उनीहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारबिमर्स भएको थियो । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो । 

दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्ने बारेमा छलफल भएको थियो ।

गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको बताइउको छ  । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्नेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर