• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

गाउँगाउँमा आगलागि हुँदा प्रयोगमा आउँदैनन् सदरमुकामका दमकल

ओखलढुंगा। ओखलढुंगामा सुक्खा महिना लागेसँगै आगलागीका घटना बढ्न थालेका छन् । करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी घरमा आगलागी भएको छ।

आलागी हसँदा आगो नियन्त्रणका लािग ल्याइएका सिद्धिचरण नगरपालिकामा रहेका दुईवटा दमकल भने प्रयोगविहीन अवस्थामा रहेका छन् । गाउँका घरहरू जल्दा सदरमुकामका दमकल प्रयोगमा आउँदैनन्। 

केही महिनाअघि सिद्धिचरण नगरपालिकाभित्रै तीन गाउँका घरमा आगलागी हुँदासमेत ती दमकल प्रयोगमा आएनन् । सिद्धिचरण नगरपालिका–११ सोब्रुका प्रकाश राई, वडा नं ५ चित्रेका किपा शेर्पा र वडा नं ८ सल्लेरीका दीर्घबहादुर तामाङको घरमा आगलागी हुँदासमेत ती दमकल प्रयोगमा आएनन् । घटनास्थल सदरमुकामदेखि करिब १५ मिनेटको दूरीमा रहेका छन्। 

सदरमुकामदेखि पक्की सडक हुँदै सहजै पुग्न सकिने मानेभन्ज्याङ गाउँपालिकाका दुई स्थानमा गत एक साताअघि आगलागी भयो । मानेभन्ज्याङ गाउँपालिका–५ मा राष्ट्रिय वाणिज्य बैङ्क नजिकै मुख्य बजारमा रहेको रणबहादुर आलेको घर, भैँसीगोठ र भान्साघरमा आगलागी भयो । घण्टौँसम्म भएको आगलागीबाट मगरको घर, गोठ, भान्साघर र नजिकै कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरिएको घरमा क्षति पुग्यो । नेपाल प्रहरी, अरिदमन गणका नेपाली सेना र स्थानीयको घण्टौँ प्रयासपछि आगो नियन्त्रणमा आयो । तर दमकल प्एरयोगमा आएनन् ।   घटनामा मगरको लाखौँ क्षति भएको वडाध्यक्ष रामकुमार राईले बताए । 

सोही गाउँपालिका–८, राघवपुरस्थित स्थानीय हर्कबहादुर राई र टेकबहादुर राईको फुसको छानो भएको ढुङ्गा माटोले बनेको घर जलेर नष्ट भएको छ। घरमा रहेको नगद ३० हजारसहित सुनचाँदी, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा करिब १४ लाख रुपियाँबराबरको क्षति भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। मानेभञ्ज्याङमा आगलागी भएका दुवै स्थान करिब ४५ मिनेटमा दमकल पुर्याउन सकिने दूरीमा छन् । सुनकोसी गाउँपालिका–८, च्यानामका जानुका मगर र जिल्लाकै उच्च स्थान तीन हजार ५५० मिटर उचाइको देम्बा डाँडामा सञ्चालन गरिएको एग्रो टुरिजम रिसोर्टमा पनि आगलागी भयो । 

गाउँका घरहरू जल्दा पनि सदरमुकामको दमकल प्रयोगमा नआउँदा यतिबेला नगरपालिकाको आलोचना हुन थालेको छ । नगरपालिकामा रहेको दमकल प्रयोग गर्न नसकिने अवस्थामा रहेको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताए । तर दक्ष जनशक्ति नभएको र दमकलसमेत पुराना भएकाले मर्मतका लागि खर्च गरिरहनुपरे पनि प्रयोगमा ल्याउन नसकिएको उनको भनाइ छ। 

नगरपालिकामा फायर फाइटर नभएकाले आगो निभाउन चालक र नगर प्रहरी पठाउने गरेको नगर प्रमुख खनालले बताए । दुइटै दमकल मर्मत गरिरहनुपर्ने अवस्थाका पुराना छन् । त्यसकारण आगलागी भएको ठाउँमा पठाउन नसकिएको बताइएको छ । 
दमकल मर्मत गरेर आगलागी नियन्त्रणका लागि प्रभावकारी बनाउने योजना रहेको नगरको रहेको उनले बताए। सङ्घीय र प्रदेश सरकारमार्फत नगरपालिकालाई दुईवटा दमकल प्राप्त भएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर