• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकद्वारा राजिनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन् । नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा घुस लिएको भन्दै उनी विवादमा मुछिएका थिए । 

पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा बुझाएका हुन् । उनले  राष्ट्रपति कार्यालयमा ११४७ नम्बरको राजीनामा पत्र बुझाएका हुन् ।

हिजो मात्रै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच सुरुमा राजीनामा गर्न समय दिने र राजिनामा नआए महाअभियोगको तयारी गर्ने  निष्कर्ष जुटेको थियो । नेकपाले पनि आजै महाभियोगको तयारी गरेको थियो । तर, पाठकले महाभियोगबाट बच्न आजै राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर