दुर्लभ विश्व किर्तिमान नजिक स्टार क्रिकेटर सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान स्टार क्रिकेटर सन्दीप लािमछाने दुर्लभ विश्व किर्तिमान नजिक पुगेका छन् । स्पिनर सन्दीपले, एकदिवशीय अन्तराष्ट्रियमा सवैभन्दा छिटो एक सय विकेट लिने रासिद खानको किर्तिमान तोड्न लागेका हुन् । रासिदले सन २०१८ मा ४४ खेलमा एक सय विकेट लिएका थिए ।
सन्दीपपले४० खेलमा ९८ विकेट लिइसकेका छन् । विश्व क्रिकेट लिग टु अन्तर्गत सोमबार भएको खेलमा पाँच विकेट लिएपछि संदिपको विकेट संख्या ९८ पुगेको हो ।
अब उनले बिहीबार युएइ विरुद्ध दुई विकेट लिए रासिदको नाममा रहेको किर्तिमान आफ्नो नाममा लेखाउनेछन् । जारी सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले युएइ विरुद्ध विश्व किर्तिमान बनाउने संभावना उच्च छ ।
सन्दीपले गत फागुनमा घरेलु मैदानमा भएको लिग टु अन्तर्गतनै नामिबिया र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक सिरिजमा चार खेलमा १३ विकेट लिएका थिए ।
युएइमा भएका तीन खेलमा उनले पाँच विकेट लिए । घरेलु मैदानमा जारी सिरिजको तीन खेलमा उनले एघार विकेट लिइसकेका छन् ।
सन्दीपले सन् २०१८ मा नेदरल्यान्डस विरुद्ध ओडिआईमा डेब्यु गरेका हुन् । सन्दीप नेपाल बाट ओडिआइमा एक सय विकेट पुरा गर्ने पहिलो खेलाडी पनि हुनेछन् ।
सन्दीप तीन पटक पाँच विकेट लिने दोस्रो नेपाली खेलाडी हुन् । पिएनजी ९५ रनमा अल आउट हुदा सन्दीपको प्रदर्शन महत्वपुर्ण रह्यो । उनले दश ओभरमा एक मेडन सहित २५ रन खर्चिए । सन्दीपले १३ दशमलब ६ ओभरमा सेसे बाउ, १९ दशमलब एक ओभरमा आसाद भाला, २३ दशमबल एक ओभरमा चाल्र्स अमिनी , २९ दशमलब ५ ओभरमा हिला भारे र ३१ ओभर ६ वलमा सेमो कामेयाको विकेट लिएका थिए । जसका कारण पिएनजीले खुलेर खेल्न पाएर र ९५ रनमा समेटियो ।
यसअघि सन्दीपले सन् २०२० फेब्रुअरीमा लिग टु कै खेलमा अमेरिका विरुद्ध ६ विकेट लिएका थिए । यस्तै २०२१, सेप्टेम्बरमा पिएनजी विरुद्धनै ५ दशमबल एक ओभरमा ११ रन खर्चिएर ५ विकेट हात पारेका थिए ।
खेलको प्लेयर अफ द म्याच बनेपछि सन्दीपले संचारमाध्यमलाई प्रतिकृया दिदै भने – ‘म मेरो बलिङमा रमाउछु, जति हुन सक्छ राम्रो गर्न खोज्छु टिमका लागि । आउने समयमा पनि जति अवसर पाउछु, म यो भन्दा उत्कृष्ट गर्ने प्रयासमा हुनेछु, थहा छैन जीवनमा के हुन्छ ।’
विश्व किर्तिमान बारे सोधिएको प्रश्नमा उनी भन्छन् – ‘शुन्यबाट सुरु गरेर एउटा माइलस्टोनमा पुग्नु गर्वको कुरा हो, मेरा लागि परिवारका लागि, टिम मेटका लागि ।’
तीव्र गतिका वलर करण केसीले पनि तीन पटक ५ विकेट लिएका छन् । ललित राजबंशी र सोमपाल कामीले एक एक पटक ५ विकेट हात पारेका छन् ।
आजको खेलमा नेपालले ९६ रनको लक्ष्य सात ओभर ४ वलमानै मात्र एक विकेट गुमाएर पुरा गर्यो । विकेटको हिसावले पिएनजी विरुद्ध हात पारेको नौ विकेटको जित पनि किर्तिमानी हो ।
कुशल भुर्तेल १४ वलमा ३३ रन बनाएर आउट भए । उनले दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए । यस्तै नेपालले एक वलमा १६ रन बनाएको थियो । आसिफ शेखले २१ वलमा अविजीत ५३ रनको इनिङस खेले । ओडिआइमा नेपालका लागि यो सवैभन्दा छिटो बनेको अर्धशतक हो ।
यसअघि टियुमा अमेरिकालाई नेपालले ८ विकेटले पराजित गरेको थियो । सो वेला नेपालले अमेरिकालाइ ३५ रनमा अल आउट गरेको थियो ।
प्रतिकृया दिनुहोस