• २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023

सरकारमा उपप्रधानमन्त्रीको हुल बनाउने परम्परा गलत होः नेता केसी 

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रियसभामा समानुपतिक प्रणाली व्यवस्था लागु गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले निर्वाचन प्रणालीमा बहस गर्नुपर्ने अवस्था आएको बताए । 

अहिलेको समानुपातिक पद्दतिले नेतृत्वका वरपरका मान्छेले मात्र अवसर पाएकाले प्रतिस्पर्धात्मक समानुपातिकको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । केसीले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताउँदै मन्त्रिपरिषद् गठनमा संविधानले सीमा तोकेको भए पनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको टिप्पणी गरे ।

पहिले कहिले ४९ कहिले ५९ जनासम्म मन्त्री भएको इतिहास रहेको बताउँदै उनले अहिले संविधानले त्यसलाई सीमावद्ध गरिदिएको र त्यो राम्रो पक्ष  भएको उनले बताए  । उपप्रधानमन्त्रीको हुल गर्ने परम्परा चलेको चाहिँ गलत भएको उनको भनाइ छ  । नयाँ गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम कस्तो आउला भनेर जनताले पर्खेर बसेको भन्दै उनले जनताका समस्या सम्बोधन हुने खालका कार्यक्रम आउनुपर्ने उल्लेख गरे । कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा प्रधानमन्त्रीले विश्वासको मत लिएर पार्टीको बैठक बसेपछि टुंगो लाग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर