नेविसंघ र अनेरास्ववियुको प्यान हराउँदै धादिङका ३ क्याम्पसमा क्रान्तिकारीको जित

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको  चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ । कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो । 

धदिङको गजुरी गाउँपालिकास्थित आदर्श बहुमुखी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सभापतिसहितका पद जितेको छ । एमालेनिकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघको गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीका गणेश पाण्डे सभापतिमा विजयी भएका हुन् ।

आदर्शमा अनेरास्ववियुका सुरेश श्रेष्ठले ६१ मत पाउँदा क्रान्तिकारीका पाण्डेले ७१ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । धादिङकै चन्द्रोदय बहुमुखी क्याम्पस र जय बागेश्वरी बहुमुखी क्याम्पसमा पनि संयुक्त गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारीले निर्वाचन जितेको छ । 

आज भएको स्ववियु चुनावमा काठमाडौं उपत्यकाका ठूलासहित देशका विभिन्न क्याम्पसमा सत्ता गठबन्धन सम्बद्ध दलका विद्यार्थी संगठनले तालमेल गर्दा धादिङमा भने नेविसंघ र अनेरास्ववियु मिलेर चुनाव लडेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर