• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दोस्रोपटक पाए प्रधानमन्त्री प्रचण्डले विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत खस्यो भने एक जना तटस्थ रहेका थिए ।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच सहमती हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हा‍े । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले पहिलो पटक गत पुस २६ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए ।

अहिले कांग्रेससहितका अन्य दलको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाए पछि एमाले प्रतिपक्षको बेन्चमा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर