• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

भुस र पराल खाने पंडितहरु !

दुइजना पंडितहरु एकजना जजमानकहाँ बास बस्न पुगेछन् । भोलीपल्ट विहान उठेर एक जना पंडित नदीमा नुहाउन गएछन् । अर्का पंडित चाँही पीँढिमा बसेका रहेछन् । जजमानले नदीमा नुहाउन गएका पंडितलाई देखाउँदै पीँढिमा बसेका पंडित सँग सोधेछन्, ‘महाराज, ती नदीमा नुहाउन गएका पंडित निकै विद्वान जस्तो लाग्यो मलाई त । आहा! कस्तो उज्यालो अनुहार हो ।’

आफ्नो अगाडी अरुको प्रसंसा किन सह्य हुन्थ्यो उनलाई । मुख बाँगो पार्दै भनेछन् , ‘के को विद्वान हुनु; गोरु हो गोरु; मेरो सँगतले यतिको भएको हो ।’
नदीबाट नुहाउन गएका पंडित फर्केर पीँढिमा बसे । पीँढिमा बसेका पंडित चाँही नुहाउन नदी तर्फ लागे । जजमानले पीँढिमा बसेका पंडित सँग भने, ‘महाराज, ती नदीमा नुहाउन गएका पंडित निकै विद्वान जस्तो लाग्यो मलाई त । आहा! कस्तो धपक्क बलेको उज्यालो अनुहार हो !’

मुख बाँगो पार्दै पीढिमा बसेका पंडितले भने, ‘के को विद्वान हुनु; भैँसी हो भैँसी; मेरो सँगतले यतिको भएको हो ।’ केही समय पछि नदीमा नुहाउन गएका पंडित पनि फर्के । खाना खाने बेला भएको थियो । जजमानले एउटा नाङ्लोमा पराल र अर्को नाङ्लोमा भुस ल्याएर दुवै जनाको अगाडी राखि दिए ।
रिसले आगो हुँदै पंडितहरु कराए, ‘यो के गरेको ?’

जजमानले भने, ‘मेरो केही दोष छैन महाराज । उहाँले हजुरलाई गोरु भन्नु भयो, पराल पस्केर ल्याँए अनि उहाँले हजुरलाई भैँसी भन्नु भयो भुस पस्केर ल्याएँ ।’
उपसंहार:
बानेश्वरको ठूलो घरमा बसेर एकार्कालाई गोरु भैँसी भन्दै झगडा नगरौँ ल पंडित जी हरु !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर