• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मोदीविरुद्धको भाषण गर्ने कांग्रेसका नेता गान्धीलाई दुई वर्ष जेल सजाय

काठमाडौं । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय तोकिएको छ । मानहानीकोे मुद्धा दायरपछि भएको फैसलामा उनलाई गुजरातको सुरतस्थित अदालतले यस्तो सजाय सुनाएको हो ।

एक भाषणमा गान्धीलेसबै चोरको उपनाम मोदी किन हुन्छ ( ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? ’) भनी बोलेका थिए । सो अभिव्यक्तिलाई लिएर राहुलविरुद्ध मानहानीको मुद्धा दायर गरिएको हो ।

उनीविरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । गान्धीले यस्तो अभिव्यक्ति कर्णाटकमा आयोजित चुनावी सभामा बोलेका थिए ।

अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने समयसँगै अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर