• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

दुई ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, एकजना घाइते

धनुषा । धनुषामा  दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। 

मिथिला नगरपालिका–३ हरिहरपुरमा दुई ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सुनसरीका २८ वर्षीय सागर चौधरी, अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए। तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।   सागर चालक हुन् भने अर्जुन सहचालक हुन् ।

दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर