• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

 मन्त्रालय भागबन्डा: बालुवाटार सत्तारुढ दलको बैठक

काठमाडौं । मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो। 

हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो।  सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। 

हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी )जसपा) र नेकपा एकीकृत समाजवादीले ३÷३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर