• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अनलाइनमार्फत् ठगी गर्ने ९ जना चिनियाँ नागरिकसहित १९ जना पक्राउ 

काठमाडौं ।  नेपालमा बसेर अनलाइन मार्फत् ठगी गर्ने ९ जना चिनियाँसहित १९ जना पक्राउ परेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले अपरेशन चार्ली अनलाइन स्क्याम चलाएर ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको हो । 

उनीहरुले ह्वाट्स एपमा अनलाइनमार्फत् बिजेनमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगी गरिएको पाइएको छ। प्रहरीका अनुसार ह्वाट्स एपमार्फत् टेलिग्राममा खाता खोल्न लगाउने र अपरेशन टिचर नामक च्यानलमार्फत् ठगी गर्ने गिरोहसम्म पुर्‍याएको पाइएको छ।

पैसा हालेपछि सामान अनलाइनमार्फत् बिक्री हुन्छ र त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहने तथा बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भन्दै ठगी गरेको पाइएको हो ।  पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर