• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने  

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी सहकार्यमा पिस म्याराथन सहित बिभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचार प्रचारमा सहयोग गर्ने उल्लेख छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो । पूर्व पर्यटनमन्त्री समेत रहनुभएका श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गरे  ।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउनुहुँदै उनले समकालिन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको बताए । कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरु सहभागि हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर