बागमती प्रदेशमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

हेटौंडा । बागमती प्रदेशमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा परीक्षको तयारी पुरा भएको हाे ।
प्रदेश भित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइ सकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पनि पुगिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई सकेको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट बिभिन्न निर्णय गरि मन्त्रालयले परीक्ष तयारी पुरा भएको जनाएको छ ।
यसपालिको एसइई परीक्षामा प्रदेशका ४३४ परीक्षा केन्द्रमार्फत एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी हुने मन्त्रालयले जनाएको छ । परीक्षाका लागि ४३४ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्षा ७३७, परीक्षा सहायक १ हजार ६४ जना, निरीक्षक ५ हजार ८७ कार्यालय सहायक २०५५ र ५ हजार ५१० सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
यसपालिको एसइईमा काठमाडौंमा १२३, भक्तपुरमा २३, ललितपुरमा ३५, काभ्रेपलाञ्चोकमा ४०, सिन्धुपाल्चोकमा २४, नसवाकोटमा ३४, रसुवामा ५ परीक्षा केन्द्र बनाएको छ भने धादिङमा २६, मकवानपुरमा २५, चितवनमा ४२, रामेछापमा २२, दोलखामा १९ र सिन्धुलीमा २६ परीक्षा केन्द्रमा परीक्षर्थी सहभागी हुने भएका छन् ।
प्रतिकृया दिनुहोस