मोदी इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं-  मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर चैत १७ गते बाँडफाँड भएको हो ।

वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि फागुन २५ गतेदेखि चैत ९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा सो समयभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलार्य आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओ बाँडफाँड सम्बन्धी विवरण हेर्न कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको वेबसाइट   https://www.sunrisecapital.com.np/  र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर