• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

किन निदाउँछ हातगोडा ? यस्तो छ कारण

काठमाडौं । कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ । लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।

किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा । 


खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ । अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ । 

यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न ग–यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर