• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

झापा बिर्तामोडकाे हटियाका व्यापारीलाई सामान जोगाउन हम्मेहम्मे

झापा । बिर्तामोड बुधबारे हटियाका व्यापारीलाई सामान जोगाउन हम्मेहम्मे परेको छ । व्यापारीको अटेरीपछि नगरपालिकाले ८ वटा डोजर चलाएको छ ।

डोजर चल्न थालेपछि व्यापारीलाई आफ्नो सामान जोगाउन भ्याइनभ्याई भयो । उनीहरु विभिन्न व्यक्तिको उक्साहटमा लागेर भिड्ने मानसिकतामा थिए । तर, नगरपालिकाले आग्रह गर्दै ठाउँ खाली गराउन डोजर प्रयोग गरेको हो ।

दलीय हिसावमा नेकपा समाजवादी, राप्रपा नगर समिति, विप्लप समूह र बिर्तामोड उधोग वाणिज्य संघले व्यापारीलाई ठाउँ नछोड्न उक्साइरहेका थिए । उनीहरुका कारण व्यापारी मारमा परेका छन् । नगरपालिकाले ०७७ सालदेखि ठाउँ खाली गर्न आग्रह गरेको थियो ।

बिर्तामोड वाणिज्य संघले व्यापारीलाई कुनै पनि हालतमा हटाउन नदिने अडान राख्दै आएको थियो । वाणिज्य संघकै कारण बसेका व्यापारीलाई अन्तिममा सामान जोगाउन चटारो परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर