• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

खाली पेट त्रिफला चूर्ण खानुका फाइदा 

एजेन्सी । त्रिफला चूर्ण स्वास्थ्य सम्बन्धी कैयौं समस्याका लागि लाभदायक हुन्छ । तर बिहान खाली पेट यसको सेवन गरेमा पनि धेरै फाइदाहरु पाउन सकिन्छ ।

यसले कब्जियत कम गर्नुका साथै मोटोपनलाई पनि कम गर्ने गर्दछ । आउनुहोस् जानौं खाली पेट त्रिफला चूर्ण सेवन गर्नुका फाइदा ।

– बिहान खाली पेट त्रिफला चूर्ण पेटका लागि एकदमै फाइदाजनक हुन्छ । यसले पेट सफा गर्नुका साथै, अपच निको हुन्छ र पेटका किराहरु पनि मर्छन् ।

– बिहान खाली पेट त्रिफला चूर्ण खाएर सजिलै तौल कम गर्न सकिन्छ । यसले खाँदा शरीरको मेटाबोलिज्म बढ्छ र शरीरमा जम्मा भएको बोसो कम हुन्छ । त्यसैले तपाईं मनतातो पानीसँग त्रिफला चूर्ण सेवन गर्न सक्नुहुन्छ ।

– छालालाई स्वस्थ राख्न पनि खाली पेट त्रिफला चूर्ण खानु फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुण हुन्छन्, जसले छालालाई स्वस्थ राख्ने तथा सुन्निन कम गर्दछ ।

– त्रिफला चूर्ण एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ, जसले क्यान्सरका सेल्सहरुलाई फैलन दिँदैन । यसलाई खाँदा फ्रि रेडिकल्सबाट छुट्कारा पाइन्छ जसले क्यान्सर हुने खतरा कम हुन्छ ।

– कमजोर इम्युनिटी भएका व्यक्तिले बिहान खाली पेट त्रिफला चूर्णको सेवन गर्न सक्छन् । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ जसले गर्दा विभिन्न संक्रमणहरुबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर