• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आईजिपीकाे बचाउमा प्रहरी, 'विवादमा तान्नु निन्दनीय'

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिभिन्न सञ्चार माध्यममा अएका समाचार प्रति अपत्ती जनाएको छ ।  एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ ९ र १० गते विभिन्न अनलाइनहरुमा ‘नक्कली शरणार्थी प्रकरणमा आईजिपीकै भूमिका शंकास्पद’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालय द्धारा जारी विज्ञप्तिमा – समाचारका सन्दर्भमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) बसन्त बहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण को मुद्दाका आरोपीतहरुसँग सम्पर्क रहेको, पूर्व गृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको जनाइएको छ । 

प्रहरी प्रधान कार्यालय द्धारा जारी विज्ञप्तिमा – कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई व्यक्तिले गरेको संवादके आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय रहेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक  कुबेर कडायतद्धारा जारी विज्ञप्तिमा– नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा भएको बताउँदै  नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द रहेको भनिएकाे छ ।

अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व भएको सञ्चारमाध्यमले अनुसन्धान जस्तो जटिल, संवेदनशिल र विशुद्ध प्राविधिक विषयका सीमितता, विशिष्टता एवं संवेदनशिलतालाई समेत मध्यनजर गरेर समाचार सम्प्रेषण गरिनुपर्ने भए पनि कुनै तथ्य, प्रमाण बिना अनुमानका आधारमा कपोकल्पित र सतही रुपमा आएको उक्त भ्रामक र नियोजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्सनियता र छवीमाथि गम्भिर आँच पुगेको हुँदा उक्त समाचारको नेपाल प्रहरी खण्डन गर्दछ भनिएको छ ।

नेपाल प्रहरीका जुनियरदेखि सिनियर प्रहरी अधिकृतहरूले आफ्नो जीवन र करिअरको समेत प्रवाह नगरी गरेको अनुसन्धानले यो प्रकरण बाहिर आएको र अझै पनि कैयौं व्यक्ति अनुसन्धानको दायरामा रहेको र कारबाहीको दायरामा ल्याउने काम बाँकी नै रहेको अवस्थामा अनुसन्धानमा रहेका प्रहरी अधिकृतहरूको मनोबलमा समेत असर पर्ने यस्ता लक्ष्यहीन, भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै जिम्मेवार सञ्चार माध्यममा प्रहरीले आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर