• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चम्किए लाउटारो मार्टिनेज, इन्टरले जित्यो कोपा इटालिया

काठमाडौं । अर्जेन्टाईन युवा स्ट्राइकर लाउटारो मार्टिनेज चम्किदा कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

इन्टरले यसपटक च्याम्पियन्स लिगमा समेत उपाधिका लागि म्यानचेष्टर सिटीसँगको भिडन्त पक्का गरिसकेको छ । इन्टरले आगामी जुन १० तारिखमा इङ्लिस प्रिमियर लिग च्याम्पियन सिटीसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।

इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरेका थिए । उनले निर्धारित समयको २९औं र ३७औं मिनेटमा गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने घरेलु टोली फियोरेन्टिनाले लिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका लागि निको गोन्जालेजले गोल गरेका थिए । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।

अब फियोरेन्टिनाले आगामी जुन ७ तारिखमा वेस्ट हामसँग युरोपा कन्फरेन्स लिगको फाइनल खेल्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर