हप्किडो संघ लुम्बिनी अध्यक्षमा टेकराज केसी

बुटवल । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, लुम्बिनी प्रदेश अध्यक्षमा टेकराज के. सी. निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेश गठनबाट केसी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति र २ सदस्य पछि मनोनित गर्ने गरी चयन गरेको हो ।

संघको उपाध्यक्षमा दुर्गा बहादुर खड्का, सचिवमा मोहसिन समिर हल्वाई, कोषाध्यक्षमा बिकास कुमार बाठा मगर र सदस्यहरुमा महेश गुरुङ, सिर्जना बुढा मगर, इशान पाठक, निक्कु विश्वकर्मा, राम कृष्ण डागी, रवि सुनार र माधव भण्डारी चयन भएका छन् ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीको सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिका देउखुरी दाङका उपाध्यक्ष कमला पति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । १२ जिल्लाको प्रतिनिधि, पर्यवर्क्षक र प्रशिक्षकहरुको उपस्थित थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर