आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन कांग्रेसको माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नाम कोशी राखेपछि सिर्जना भएको अशान्ति र हिंसा बन्द गर्न आग्रह गरेको छ । कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्दव थापाले बिहिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेका छन ।

‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । साथै कांग्रेसले आन्दोलनरत सम्पूर्ण पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ ।

‘कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासक्य सम्बोधन गर्नहुन ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले प्रदेशको नामकरणपश्चात उत्पन्न भएको परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बू लाजेहाङको आन्दोलनकै क्रममा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर